काठमाडौं । प्राइम लाइफ इन्स्योरन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ९५ लाख ४३ हजार रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ छ ।

हाल चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९३ लाख १६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी नौ रुपैयाँ नौ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ५४ पैसा छ ।