काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संंस्थाको खुद मुनाफा उच्चरुपमा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ६१ लाख ३४ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले ११ करोड ३४ लाख ५० हजार नौ सय ७५ रुपैैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा नौ अर्ब ५४ करोड ३२ लाख ९५ हजार चार सय २९ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४१ करोड ७५ लाख ९५ हजार छ सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३० करोड ७१ लाख ४२ हजार छ सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जा शून्य छ भने स्प्रेड दर तीन दशमलव १६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले आठ अर्ब ६१ करोड १४ लाख ४४ हजार सात सय ९८ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब १५ करोड ९६ लाख ६५ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड १७ लाख ९३ हजार पाँच सय १० रुपैैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जा शून्य रहेको थियो भने स्प्रेड दर दुई दशमलव ८२ प्रतिशत थियो ।