काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३४ करोड २६ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २७ करोड १२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी एक सय ७१ रुपैयाँ ३६ पैसा छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३ सय ४५ रुपैयाँ आठ पैसा छ ।