काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा बढेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले छ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४२ करोड ७६ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ४४ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९५ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ११ लाख ४६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७२ प्रतिशत छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब २० करोड ३५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९९ करोड ४६ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ९१ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड १४ लाख ७५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव १७ प्रतिशत रहेको थियो ।