काठमाडौँ । भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा कार्यरत उनलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो ।

भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने राससले जनाएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका थिए ।