काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ । संस्थाको यही जेठ एक गते बसेको सञ्चालक समितिको ८४औँ बैठकले संस्थाको तेस्रो वार्षिक साधारणसभा यही जेठ २८ गते बुटवलमा गर्ने निर्णय गरेको छ ।

सोही निर्णयअनुसार वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही जेठ १२ गते बिहीबारदेखि यही जेठ २९ गते शनिबारसम्मको लागि सेयर दाखिला एवं खारेजी बन्द हुने भएको हो ।