काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा सशस्त्र प्रहरीका एक डीएसपीले गाडी भाडामा नै नलिई गाडी भाडामा लिएको नक्कली कागजात बनाएर रकम लिएको पाइएको छ । दैलेखमा सशस्त्र प्रहरी बललाई स्थानीय निर्वाचनका लागि सात दिनका लागि ३३ वटा गाडी भाडामा लिन स्वीकृति दिइएको थियो र ती गाडीलाई दैनिक १० लिटर तेलको व्यवस्था गरिएको थियो ।
तर दैलेखमा रहेको सशस्त्र प्रहरी गुल्मका डीएसपी रन्जन बुढाथोकीले निर्वाचनका लागि २२ वटा मात्र गाडी भाडामा लिएका थिए भने उनले बिल भर्पाइचाहिँ ३३ वटै गाडी भाडामा लिएको भनेर बनाएर रकम असुलेको विषय यतिबेला सशस्त्र प्रहरी बलको मुख्यालयमा ंचर्चाको विषय बनिरहेको छ ।