काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि बजेट घोषणा गरिसक्दा पनि त्यसको सकारात्मक प्रभाव नेप्सेमा देखिएको छैन ।
अघिल्लो दिन सरकारका तर्फबाट अर्थमन्त्री जना्द्र्धन शर्मा प्रभाकरले आगामी आर्थिक बर्षको बजेट घोषणा गरे । बजेटमा उनले पुंजी बजार सुधार गर्ने, पुंजी बजारमा बैदेशिक रोजगारीमा रहेकाहरुको लगानी सुरक्षित गर्ने लगायतका व्यवस्थाहरु कार्यान्वयनमा ल्याउने उद्घोष गरे । तर यि सबैको प्रभाव बजेट घोषणा पछिको पहिलो दिन अर्थात आज सोमबारको कारोबारमा देखिएन ।
कारोबार खुले लगत्तै ओरालो लागेको सेयर बजार परिसुचक अन्तिम समयसम्म पनि सोही दिशामा केन्द्रित रहेको थियो । जसबाट सेयर बजार परिसुचक ५० दशमलव ३३ अंकले ओरालो लागेर २१ सय ७३ दशमलव ४४ बिन्दुमा झरेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३३ अंकले ओरालो लागेर चार सय २२ दशमलव ७४ बिन्दुमा झरेको छ ।
१३ वटा उपसमुहरु अन्तर्गत दुई सय २७ वथा कम्पनीहरुको सेयर खरिद बिक्रीमा आज २६ हजार नौं सय ४९ पटक सेयर कारोबार भएको छ । जसअनुसार ३४ लाख ५६ हजार पाँच सय २९ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार दुई सय ८२ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।