काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १० भन्दा बढी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा बृहत जुत्ता चप्पल सेला मेला सुरु भएको छ । मेलाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उद्घाटन गरेका थिए ।
नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जनाएका छन् ।
मेलामा नेपालका प्रख्यात जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर शुज, पीजी सुज, हाइलाइफ सुज, ओन वोल्ड सुज, बोस सुज, फुट स्टप तथा बेम्बो सुजका महिला पुरुष दुवैका लागि हुने फुटवेयरहरु राखिएको आयोजकले जनाएका छन् । मेला आगामी १ महिनासम्म चल्नेछ ।