काठमाडौं । एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता भएको छ । बैंकका अनुसार डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउन बैंकले गेट वे नेपाल प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौतापश्चात् बैंकका ग्राहकहरूले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आटलेटहरूमा सामान खरिद गरी भुक्तानी दिन सक्नेछन् । यसको साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन सक्नेछन् । भारतको पञ्जाब नेसनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकका हाल लाखौँ ग्राहक रहेका छन् ।
बैंकले हाल आफ्नो एक सय १६ वटा शाखाहरू, ३१ राजस्व संकलन काउन्टरहरू, एक सय ५० एटीएममार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।