काठमाडौं, फागुन ६
काठमाडौँंमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रायोजक माछापुच्छ्रे बैंक प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनको खेलअन्तर्गत माछापुच्छ्रेले सनराइज बैंकलाई चार विकेटले पराजित गरी प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको हो । क्वाटर फाइनल प्रवेशको लागि माछापुच्छ्रेले अब मंगलबार प्राइम कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि सञ्चालन भइरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि–क्वाटर फाइलन तथा क्वाटर फाइनलका खेलहरू हुनेछन् भने अन्तिम दिन बुधबार सेमीफाइनल तथा फाइनल खेलहरू हुनेछन् ।