काठमाडौं । ग्राहकहरूलाई उच्चतम ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजनिक गरेको छ । हाल बैंकिङ क्षेत्रहरूमा साधारणतया बैंकहरूले बचत खातामा ग्राहकहरूलाई प्रदान गर्ने ब्याजदरभन्दा बढी ब्याजदरको व्यवस्थासहित अन्य धैरे निःशुल्क सुविधाहरू रहेको यस बचत खाता खोली ग्राहकहरूले उच्चतमलाभ लिन सक्नेछन् ।
‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरूभन्दा अधिक ब्याजदर’ भन्ने मूलनाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकहरूले आठ दशमलव तीन प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन् । साथै, १० हजार रुपैयाँसम्मको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरूलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरूको व्यवस्था रहेको छ । ग्राहकहरूले सामान्य तया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरू जस्तैः चेकबुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट एकाउन्ट, ईकमर्स एक्टिभेसिन, एबीबीएस खाताको विवरण, मेरो सेयर, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाइल बैैंकिङ यस बचत खातामा निःशुल्क उपलब्ध हुनेछ ।
साथै, बैंकको ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको यस बचत खातामा ग्राहकहरूले आफ्नो बचत रकममा उच्चतमप्रतिफलको लाभ पाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकले ९८ शाखा कार्यालयहरू, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।