काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । यसअघि लगातार ओरालो लाग्दै आएको बजार परिसुचक साताको तेस्रो कारोबार दिन बुधबार ६० दशमलव २२ अंकले उकालो लागेर दुई हजार ८० दशमलव ४४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २५ अंकले उकालो लागेर चार सय दशमलव ३७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३० हजार छ सय ८४ पटकको कारोबारमा ५० लाख पाँच हजार आठ सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुसार यसदिन कुल सेयर कारोबार रकम एक अर्ब ६४ करोड तीन लाख ५६ हजार छ सय आठ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।