काठमाडौं, फागुन ७
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक एक दशमलव ७७ अंकले उकालो लागेर १४ सय एक अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन एक दशमलव नौ अंकले उकालो लागेर दुुई सय ९४ दशमलव ९५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८१ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २० हजार आठ सय ५९ वटा कारोबारमा ५४ लाख ६८ हजार चार सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोार रकम दुुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएकोमा चारवटा समूहको सूचक उकालो लागेका छन् भने आठवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव २८ अंकले उकालो लागेर ११ सय ९८ दशमलव ३२ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ११ दशमलव ५४ अंकले उकालो लागेर १८ सय ६३ दशमलव छ अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि २६ दशमलव १७ अंकले उकालो लागेर २७ सय छ दशमलव ९४ अंकमा चढेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव दुुई अंकले उकालो लागेका छन् ।
जलविद्युुत् समूहको सूचक भने यसदिन १८ दशमलव ४७ अंकले ओरालो लागेर एक हजार ३० दशमलव २६ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि १४ दशमलव ७५ अंकले ओरालो लागेर २४ सय चार दशमलव ८५ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि १२ दशमलव ८६ अंकले ओरालो लागेर छ हजार सात सय ८६ दशमलव चार अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ६७ दशमलव ६७ अंकले ओरालो लागेर आठ हजार ८५ दशमलव ९३ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव २२, ३१ दशमलव ५६, सात दशमलव १७ र दुुई दशमलव ३५ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कालिका माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ८७ पैसाले बढेर सात सय ६८ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ५२ पैसाले बढेर ६९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा परेको लक्ष्मी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रूपैयाँ ६३ पैसाले घटेर ११ सय ४५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको पाँचथर पावर कम्पनीको सेयर मूल्य चार रूपैयाँ ५१ पैसाले घटेर एक सय २७ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एनएलजी इन्स्योरेन्स कम्पनी, सेन्ट्रल फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन एनआईसी एसिया बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । बैंकको प्रतिकित्ता पाँच सय ५० रूपैयाँ अन्तिम मूल्यमा १० करोड ६४ लाख ३१ हजार सात सय पाँच रूपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता चार सय ११ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड ५८ लाख ५६ हजार छ सय २३ रूपैयाँको कारोबार भएको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकको एक करोड २२ लाख सात सय ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने युनाइटेड इन्स्योरेन्स कम्पनीको पनि ७२ लाख ५७ हजार छ सय कित्ता बोनस सेर सूचीकृत भएको छ । यसैगरी लक्ष्मी बैंकको १० प्रतिशत ऋणपत्र २०८६ अन्तर्गतको २० लाख कित्ता सेयर नियमित कारोबारको लागि सूचीकृत भएका छन् ।