काठमाडौं, फागुन ७
सिरहा जिल्लाको सितापुर पत्तारी गाउँपालिका वडा नं ६ सितापुर बजारमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय सितापुर, नेपाल नेत्रज्योति संघ, सगरमाथा आँखा अस्पताल लहान, रेन ड्रोप नेपाल सितापुर, रामजानी बोर्डिङ स्कुल सितापुरको सयुक्त आयोजनामा भएको एक दिने शिविरमा चार सय २० भन्दा बढीले आँखा तथा कान चेकजाँच गरिएको मेरोमाइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए ।
गरिब तथा विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा आँखा तथा कान उपचारका लागि जाँच गरिएको हो । बालबालिकादेखि वृद्धवृद्धाहरूसमेत सहभागी शिविरमा दुुई सयभन्दा बढी मोतियाबिन्दु देखापरेको जनाइएको छ । शिविरमा पहिचान भएका मोतियाबिन्दु प्रभावितहरूलाई सगरमाथा आँखा अस्पताल लहानमा निःशुल्क शल्यक्रिया गरिने मेरो माइक्रोफाइनान्सका शाखा अधिकृत रामकेश्वर पण्डितले बताए । शनिबार भएको उक्त शिविरमा सहयोगी संस्थाहरू ड्रोप नेपाल सितापुर, रामजानी बोर्डिङ स्कुल सितापुरको फाउन्डर नन्दकिशोर यादव, वडा नं. ६ वडाध्यक्ष, स्थानीय निकायको प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
उक्त शिविरमा मेरो माइक्रोफाइनान्स लघुवित्तको अनुगमन अधिकृत सागर भण्डारीले मेरो माइक्रोफाइनान्स लघुवित्तले पैसा नभएर रहेको ग्रामीण भेगका मानिसहरूलाई सेवा पु-याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउँदै शिविरबाट उपचारको पहुँचमा आउन नसकेका बिरामीले स्थानीयस्तरमै सेवा पाउन सफल भएको जानकारी दिए । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही ५६ जिल्लामा एक सय १० शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी गरिब तथा विपन्न घरपरिवारहरूलाई आर्थिक तथा सामाजिक क्रियाकलापमा सहयोग गर्ने उद्देश्यले विभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।