कोलम्बो । श्रीलंकाका किसानहरूले रोपाइँको समयमा खेती गरिने औसत भूमिभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरेको एक मन्त्रीले सोमबार सञ्चारकर्मीलाई बताएका छन् ।
सरकारले आर्थिक संकट बढिरहेका समय खाद्यान्न संकटलाई न्यून बनाउन किसानहरूलाई बढीभन्दा बढी खेती गर्न आग्रह गरेको कृषि मन्त्री महिन्दा अमरावीराले बताए ।
खाद्यान्नको अभावसँगै भएको मूल्य वृद्धिपछि किसानहरूले सकेसम्म बढी खेती गरिरहेको पाइएको बताए । श्रीलंकामा ‘याला’ अर्थात् यो मौसममा किसानहरूले औसतमा चार लाख हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने गर्थे भने अहिले करिब पाँच लाख हेक्टर जमिनमा रोपाइँ भएको अनुमान गरिएको छ । ‘यसले गर्दा मौसमले साथ दिएमा श्रीलंकाले करिब दुई महिनाको लागि मात्र चामल आयात गर्नुपर्ने हुनसक्छ’, उनले भने ।
श्रीलंकाले २०२१ अप्रिलमा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको र यसले गत वर्षको कृषि उत्पादन ह्वात्तै घटेको थियो ।