काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज बुधबार पुन २९ दशमलव ८९ अंकले ओरालो लागेर १९ सय ६६ दशमलव ३७ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले ओरालो लागेर तीन सय ७८ दशमलव ९० बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३० हजार छ सय दुई पटकको कारोबारमा ४१ लाख ८२ हजार तीन सय ६९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख ५८ हजार आठ सय १७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।