काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं बजार परिसुचक ३७ दशमलव २७ अंकले ओरालो लागेर १९ सय ३४ दशमलव ११ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २९ अंकले ओरालो लागेर तीन सय ७३ दशमलव ८५ बिन्दुमा झरेको छ ।
आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २७ हजार छ पटकको कारोबारमा ३६ लाख ६६ हजार आठ सय ९१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १३ करोड ४० लाख ९१ हजार दुई सय १२ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।