काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ३७ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ४९ दशमलव ३१ अंकले ओरालो लागेर १८ सय ८४ दशकलव ८१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६६ अंकले घटेर तीन सय ६६ दशमलव १९ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहरु अन्तर्गत ३६ हजार चार सय ६४ पटकको कारोबारमा ६१ लाख ८६ हजार नौं सय ४१ कित्ता सेयर खरिद बिक्रीभ भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७५ करोड छ लाख एक सय ७१ रुपैंयाँ कायम भएको छ ।
सेयर कारोबार भएकोमका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार रातै भएको छ ।