काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार व्यवसाय सञ्चालन गरेको चौथौँ वसन्त पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । सो दिन कम्पनीका अन्य शाखाहरूमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाइएको कम्पनीले जनाएको छ ।