काठमाण्डौँ,फागुन ८
डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाअन्तर्गतको लक्की ड्र विजेता घोषणा गरेको छ । कम्पनीले उक्त योजनाअन्तर्गत गत माघ २७ देखि फागुन १ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
योजनाअनुसार गत शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्रबाट विजय भएका नवलपरासीका सुदिप मरासिनी र कास्कीकी विनिता गुरुङलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । फागुन २ गते शुक्रबारदेखि ८ गते बिहीबारसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आगामी शुक्रबारको लाइभ लक्की ड्रमा समावेश गरिने डिशहोमले जनाएको छ । (आर्थिक दैनिक बाट)