काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरूको पालनपोषन, शिक्षादीक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।
छोराछोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफूले सानो–सानो रूपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरीज्वाइँलाई उपहारस्वरूप जीवन बीमा गरिदिएकी छिन् । जीवनमा आई पर्नसक्ने जोखिम वहन र बचत पनि होस् भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरीज्वाइँ, पुजा रेग्मी र सुझाव आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बीमा गरिदिएकी हुन् ।
कम्पनीको कुश्मा शाखाबाट जारी गरिएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवजसहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम वहन पनि हुने हुँदा सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसीखेली घुमेको माइतीघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेलीस्वरूप आफ्ना छोरी र ज्वाइँ दुवैको बीमा गरिदिएको कुरा उनले व्यक्त गरे ।
बीमाले जोखिम वहन गर्नुका साथै भविष्यको लागि बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्वप्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्तीपक्षले बताएका छन् ।