काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार आठ सय ६२ दशमलव छ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६४ दशमलव ९० विन्दुमा सीमित भएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब ६१ करोड ९० लाख सात सय नौ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख २३ हजार नौ सय २९ पटकको कारोबारमा एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैयाँ पुगेको छ । यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये तेस्रो र अन्तिम कारोबार दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरूमा ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक ३७ दशमलव २७ अंकले ओरालो लागेर एक हजार नौ सय ३४ दशमलव ११ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २९ अंंकले ओरालो लागेर तीन सय ७३ दशमलव ८५ विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक ४९ दशमलव ३१ अंकले ओरालो लागेर १८ सय ८४ दशमलव ८१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६६ अंंकले ओरालो लागेर तीन सय ६६ दशमलव १९ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक ३७ दशमलव ४९ अंकले उकालो लागेर १९ सय २२ दशमलव ३० विन्दुमा चढेकोमा सेन्सिटिभ पनि आठ दशमलव १८ अंंकले उकालो लागेर तीन सय ७४ दशमलव ३७ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक पुनः ३१ दशमलव २१ अंकले ओरालो लागेर एक हजार आठ सय ९३ दशमलव ५३ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९४ अंंकले ओरालो लागेर तीन सय ६९ दशमलव १५ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक ४५ दशमलव २५ अंकले ओरालो लागेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव छ अंंकले ओरालो लागेर तीन सय ६२ दशमलव नौ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन भने बजार परिसूचक १३ दशमलव ७८ अंकले उकालो लागेर एक हजार आठ सय ६२ दशमलव छ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८१ अंंकले उकालो लागेर तीन सय ६४ दशमलव ९० विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।