काठमाडौ । ज्योति विकास बैंकले आइतबार बेसीसहर शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु-याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।
बेसीसहर नगरपालिका वडा नं. ८, लम्जुङस्थित बेसीसहर शाखाको समुद्घाटन बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बैंकका सञ्चालक नरेशराज आचार्यले संयुक्तरूपमा गरेको बैंकले जानकारी दिएको छ । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले बेसीसहर शाखाका ग्राहकहरूको निमित्त शून्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ ।