काठमाडौ । नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकले बुधबारका दिन विशेषसभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष राम प्रसाद रोपाखेतीको अध्यक्षतामा सम्पन्न विशेषसभाले हाल कायम रहेको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँमध्येबाट एकबराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाको निर्णयबमोजिम हकप्रद सेयर जारी गरेपश्चात् बैंकको चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार दुई सय रुपैयाँ पुग्नेछ । त्यसैगरी सभाले पुँजी बुढी गर्ने प्रस्ताव पारित गरेसँगै सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावसँगै मर्जर तथा एक्वीजिसनको लागि समकदारीपत्रमा हस्ताक्षर गर्नेलगायत सोसँग सम्बन्धित कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी सचालक समितिलाई दिएको छ ।