काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १९ लाख ५७ हजार पाँच सय कित्ता ंसाधारण सेयर जारी गर्न लागेको हो ।
यसरी बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ३९ हजार एक सय ५० कित्ता सेयर कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ९७ हजार आठ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १८ लाख २० हजार चार सय ७५ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।
अधिकृत पुँजी एक अर्ब, जारी पुँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको साधकारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ३५ करोड रुपैयाँ नै पुग्नेछ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही असार २० गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा असार २३ गते र ढिलोमा साउन दुई गते बन्द हुनेछ ।