आक्रा घानो । विश्व बैंक समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको, बैंकका एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।
पश्चिम र मध्य अफ्रिकाका लागि विश्व बैंकका उपाध्यक्ष ओस्माने डायगानाले शिक्षा र अर्थमन्त्रीहरूको एकदिवसीय रणनीति बैठकपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
‘हालयस क्षेत्रको लागि हाम्रो शैक्षिक पोर्टफोलियो ३.१ बिलियन डलर छतर हामी २०२५सम्म यो रकम दोब्बर गर्न चाहन्छौँ र यसलाई न्यूनतम ६.२बिलियन डलर बनाउन चाहान्छौँ’, डायगानाले भने । जनसांख्यिकीले ल्याएको चुनौतीलाई मध्यनजर गर्दै यस क्षेत्रमा शैक्षिक सुधारका लागि बैंकको सहयोगलाई तीव्रता दिनुपर्ने तथा गरिबी न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
यस क्षेत्रको लागि नयाँ कार्यक्रमको बारेमा छलफल गर्न बैंकले जुलाईमा सेनेगलमा अफ्रिकी नेताहरूसँग भेट्ने र शिक्षाका विषयमा छलफल केन्द्रित गर्नेछ । (रासस–एएनआई/सिन्ह्वा)