काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ११ दशमलव ८२ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ४१ दशमलव ३९ अंकले उकालो लागेर १९ सय ६२ दशमलव ७१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५५ अंकले उकालो लागेर तीन सय ७९ दशमलव १५ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २९ हजार चार सय ३४ पटकको कारोबारमा ४३ लाख ८६ हजार चार सय ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ४३ करोड १४ लाख छ हजार ४१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।