काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं —०४, स्कुल रोडमा आफ्नो २६औँ शाखा उद्घाटन गरेको छ । फाइनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी हुन् ।
२०७८ साल जेठ मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले १० अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ९३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसका साथै फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।