काठमाडौं । अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनबीचमा ज्यापु समाज यल र सो संस्थासँग आबद्ध उद्योगी व्यवसायी सदस्यहरूको निर्जीवन बीमासम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको हो । सो अवसरमा अजोड इन्स्योरेन्सका कर्मचारीहरूको र ज्यापु समाजयलका सदस्यहरूकोे समेत उपस्थिति रहेको थियो ।