नयाँ दिल्ली । शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइसजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ । विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ ।
‘विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धूवाँ भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत जानकारी गराएको छ । केविनमा धूवाँ भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
विमानमा कति यात्रु थिए भन्नेबारे कम्पनीले जानकारी गराएको छैन तर विमान ‘सकुशल’ अवतरण गराइएको र यात्रुहरूलाई तत्काल अर्को उडानमार्फत गन्तव्यमा पठाइएको उल्लेख गरिएको छ ।