काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीअन्तर्गत बैंकका ग्राहकहरूले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिट तथा क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
उक्त समझदारीपत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय र एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको जानकारी पनि बैंकले दिएको छ ।