काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्कर गत १४ गते राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करको दल हेरफेर गरेको अपराधमाथि छानबिन हुने संकेत पाएपछि त्यसको छानबिनलाई कमजोर पार्न १५ दिनका लागि विदेश गएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।
आर्थिक वर्षको अन्तर्यमा राजस्व असुलीमाथि केन्द्रित हुनुपर्ने बेला अर्थमन्त्री जनार्दन शर्मामाथि कर अपराधमा छानबिन हुने संकेत पाएपछि उनी अस्ट्रिया गएका हुन् ।
निक्षेप तथा कर्जा सुरक्षण कोष र कर्मचारी सञ्चय कोषको समेत अध्यक्ष रहेका पुस्कर बजेट काण्डका नाइकेमध्येका एक हुन् । अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुने संकेत पाएपछि सचिव पुस्कर आफैँ विदेश गएका हुन् कि मन्त्री शर्मासँगको सहमतिमा छानबिनलाई कमजोर बनाउन भगाइएका हुन् भन्ने प्रश्न उठ्नुलाई अस्वाभाविक भन्न पनि मिल्ने अवस्था छैन । सचिव पुस्कर १५ दिनका लागि विदेश जानु र विशेष संसदीय छानबिन समितिलाई १० दिनको समय दिनुले उक्त आशंकालाई थप बल प्रदान गरेको छ ।