काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १६ दशमलव अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज शुक्रबार पुन ३४ दशमलव ७१ अंकले ओरालो लागेर १९ सय ९२ दशमलव ६१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६१ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ८८ बिन्दुमा झरेको छ ।
यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २० हजार एक सय २० पटकको कारोबारमा ३० लाख ६३ हजार चार सय ५३ कित्ता सेयर खरिद बिक्री भएका छन । जसबाट आज एक अर्ब १६ करोड ८४ लाख ४२ हजार चार सय ४४ रुपैंयाँको सेयर किनबेच भएको छ ।
आज कारोवार भएका उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।