काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वािमत्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच आफूले दिइरहेको सेवाहरूमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरू लाभान्वित हुनेगरी सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् दुवै संस्थाका ग्राहकहरूको व्यवसायी जटिलताको बृहत्रूपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानीसम्बन्धी सम्पूर्ण सेवाहरू समेत प्रभावकारीरूपमा ग्राहकहरूलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानीसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू पनि विभिन्न चरणमा सञ्चालन गरिने समेत जानकारी गराइएको छ ।