काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न वित्तीय सचेतनासम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौर, रामब मन्दिरसम्म पुगेर सम्पन्न भएको छ । साथै, बैंकले चन्द्रागिरी नगरपालिका वडा नं १३ को कोलचौरमा कपुर, कल्की, चाँपलगायत विभिन्न जातजातिका गरी एक सयवटा बिरुवा रोपेको छ । उक्त वृक्षरोपण कार्यक्रमको शुभारम्भ चन्द्रागिरी नगरपालिका, वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्री तथा बैकंका अध्यक्ष दशरथ रिसालले गरे । सो कार्यक्रममा बैंकका सञ्चालक केशव खतिवडा, अन्जु कुमारी गुप्तालगायत बैंकका व्यवस्थापन समिति र कर्मचारीहरू समेत वृक्षरोपण कार्यमा सहभागी हुन् । हाल यस विकास बैंकले सातवटै प्रदेशमा ८६ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । आफ्ना ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।