काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २१ करोड ७६ लाख ९४ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २१ लाख ७६ हजार नौ सय ४० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । बिक्री प्रबन्धक सिद्र्धाथ क्यापिटल लिमिटेड र सहबिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत यही असार २९ गतेबाट खुला हुने उक्त कम्पनीको सेयर बिक्रीकार्य छिटोमा साउन एक गते र ढिलोमा साउन ११ गते बन्द हुनेछ । अधिकृत पुँजी एक अर्ब तथा जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार आठ सय तथा जारी पुँजी भने ६१ करोड २७ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ३१ करोड ८६ लाख ५२ हजार रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको छ ।