काठमाडौं । अपर हेवाखोला हाइड्रोके १५ करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ)को बिक्री खुला भएको छ । कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १५ लाख कित्ता साधारण सेयरको बिक्री खुला गरिएको हो ।
बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ३० हजार कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी सर्वसाधारणहरूमा बिक्री गरिनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिद गर्नको लागि आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।
अधिकृत पुँजी ५० करोड र जारी पुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको आयोजना प्रभावित क्षेत्रका जनताको लागि छुट्याइएको पाँच करोड र सर्वसाधारणको लागि छुट्याइएको १५ करोड रुपैयाँसम्मको सेयर बिक्री गरेपछि चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही असार २४ गतेबाट खुला भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा असार २८ गते र ढिलोमा साउन छ गते बन्द हुनेछ ।