नयाँ दिल्ली । आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १६ हजार छ सय ७८ कोरोना संक्रमित थपिएका छन् । हाल भारतमा एक लाख ३० हजार सात सय १३ सक्रिय संक्रमित रहेका छन् । यो कुल संक्रमितको ०ं.३० प्रतिशत हो । करिब चार महिनापछि ११ दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ ।
हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार छ सय २९ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २९ लाख ८३ हजार भन्दा बढी पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।
चौबीस घण्टाको समयावधिमा कोरोना संक्रमणमा २६ को मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार चार सय ५० भन्दा बढीको मृत्यु भएको छ । चौबीस घण्टाको सो अवधिमा दुई लाख ७८ हजार दुई सय ६६ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना संक्रमण सुरु भएबाट हालसम्म ८६ करोड ६८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ८८ लाख ७७ हजार आठ सय ६३ डोज खोप लगाइएको छ । रासस/एएनआई