काठमाडौं । शाओमीले उपभोक्ताहरुलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर उक्त अफर सार्वजनिक गरेको हो ।
यो अफरअन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् । यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र एक सय ९९ रुपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।
कम्पनीका अनुसार यसको मूल्य यसअघि आठ सय ९९ रुपैयाँ तोकिएको थियो । त्यस्तै आठ जीबी/२५६ जीबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले चार हजार ९९ रुपैयाँ मूल्य पर्ने मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र एक हजार चार सय ९९ रुपैयाँमा पाउन सक्नेछन् । यो अफर मंगलबारदेखि सुरु भई साउन १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।