काठमाडौं । आईएमई पेको ‘हवाइ टिकट काटौँ, सुनचाँदी जितौँ’ योजनाअन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।
यसअन्तर्गत पहिलो दुई साताको एक भाग्यशाली विजेता सन्देश श्रेष्ठ छन् भने दोस्रो दुई साताको एक भाग्यशाली विजेता राम पुकार महतो छन् । दुवै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाइ टिकेट काटेका थिए । योजना अवधिभर हवाइ टिकट काट्ने यात्रुहरुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आईएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको छ ।
जेठ १ बाट सुरु भएको यस योजनामा आईएमई पे मोबाइलवालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाइ टिकेट काटेका यात्रुहरुमध्ये योजना अवधिभर हवाइ टिकट बुक गर्ने दुई भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।
कम्पनीका अनुसार उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरमदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाइ उड्डयन माध्यम नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आईएमई पे एपजस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाइ टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाइ यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आईएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको जनाएको छ ।