काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको म्यादी बीमाको पुल प्रणाली खारेज भएको छ । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिको अनुसार म्यादी बीमामा पुल प्रणाली खारेज गर्दै यही साउन एक गतेदेखि बीमा कम्पनीहरूबाटै सेवा लिन सकिने गरी व्यवस्था गरेको समितिले जानकारी दिएको छ ।
यसअघि समितिले २०७५ माघ एक गतेदेखि वैदेशिक रोजगारीअन्तर्गतको म्यादी बीमा पुल प्रणालीमार्फत गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यो व्यवस्थामा कार्यगत जटिलता रहेको भन्दै यसलाई खारेज गरिएको समितिले जानकारी दिएको छ । यो व्यवस्थाको खारेजीपछि पुल प्रणाली बन्द गर्न र यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरूको दायित्व सकिएपछिपश्चात् पुल स्वतः खारेज हुने समितिले जानकारी दिएको छ । खारेजीपश्चात् आगामी आर्थिक वर्षको सुरुवात अर्थात् यही साउन एक गतेदेखि नै सबै जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्ने र यसको लागि अनलाइन प्रणाली उपयोग गर्न सकिने समितिले जनाएको छ ।