काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले मंगलबार तीनकुनेस्थित केन्द्रीय कार्यालय प्रभु कम्पेक्समा विशेष साधारणसभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको चुक्ता पुँजी वृद्धिको लागि भविष्यमा कुनै पनि निर्जीवन बीमा कम्पनीहरूसँग एक–आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नसक्ने तथा आवश्यकताअनुसार हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्नसक्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी निर्णय गर्न, सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न, चल–अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभामार्फत पारित गरेको छ ।