काठमाडौं । गरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।
बीमासम्बन्धी प्रचलित ऐन र बीमा समितिबाट जारी बीमक गाभ्ने गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६ (संशोधनसहित) तथा बीमा समितिको निर्देशनअनुसार गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आज बिहीबार दुवै कम्पनीका प्रमुखहरूले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा सगरमाथा इस्योरेन्सको तर्फबाट मर्जर समितिका संयोजक लोकमान्य गोल्छा तथा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट, मर्जर समितिका संयोजक अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।