काठमाडौं । कामना सेवा विकास बैंकले थप तीनवटा शाखारहित सेवा सुरु गरेको छ । बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।
बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा नगरपालिका वडा नं. १२ शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका वडा नं. ०१ को नमूना चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं. १० थापाटारस्थित केराबारी भ्यू होटल एन्ड बार (प्रो. धन बहादुर लिम्बु), सुन्दर हरैंचा नगरपालिका वडा नं. १२ शुक्रबारेस्थित आरजु कस्मेटिक एन्ड रेडिमेड (प्रो. राजन भगत) र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका वडा नं. ०१ नमूना चोकस्थित बबि सप्लायर्स (प्रो. नन्द कुमार याफु राई)लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।
मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष पूर्ण बहादुर मगरले थापटारमा, सुन्दर हरैंचा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्ति गाउँपालिका वडा नं. ०१ का वडा अध्यक्ष अनिल वाग्लेले नमूना चोकमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरू उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।