काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार नौ दशमलव ४६ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ९१ विन्दुुमा सीमित भएको छ । यस साता धितोपत्र बजारमा दुुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख ६९ हजार चार सय ५७ पटकको कारोबारमा दुई करोड ७३ लाख ३१ हजार सात कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ९४ करोड ५९ लाख ३१ हजार चार सय ३९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ३४ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ५९ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड ९८ लाख ६० हजार पाँच सय ६० कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १४ अर्ब ९५ करोड १५ लाख ३२ हजार नौ सय २६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने दोस्रो कारोबार दिन सेयर बजार सेयर बजार परिसूचक ओरालो लागेको थियो । यीबाहेकका बाँकी दिनहरूमा भने सेयर बजार परिसूचक उकालो लागेको थियो ।
दोस्रो कारोबार दिन भने बजार परिसूचक ७७ दशमलव एक अंकले ओरालो लागेर एक हजार नौ सय १५ दशमलव ६१ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव तीन अंंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८६ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक ११ दशमलव ६८ अंकले उकालो लागेर एक हजार नौ सय २७ दशमलव २८ विन्दुुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव नौ अंंकले उकालो लागेर तीन सय ६८ दशमलव ९५ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक पुनः ५९ दशमलव ५४ अंकले उकालो लागेर एक हजार नौ सय ८६ दशमलव ८२ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४२ अंंकले उकालो लागेर तीन सय ८१ दशमलव ३७ विन्दुमा चढेको थियो । पाँचौँ कारोबारदिन भने बजार परिसूचक १४ दशमलव ७१ अंकले उकालो लागेर दुई हजार एक दशमलव ५३ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७८ अंंकले उकालो लागेर तीन सय ८३ दशमलव १४ विन्दुमा चढेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक सात दशमलव ९३ अंकले उकालो लागेर दुई हजार नौ दशमलव ४६ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंंकले उकालो लागेर तीन सय ८५ दशमलव ९१ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचिमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।