काठमाडौं । ललितपुरको कुपुण्डोलस्थित ओम् शिवा बहुमुखी सहकारी संस्था लिमिटेडको कोपुण्डोल, ललितपुर १० को २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक प्रसाद मल्लको सभापतित्वमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।
सभाले संस्थाको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सानी हिसाबलगायतका आर्थिक प्रगतिविवरणहरू पारित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर बहादुर रघुवंशीका अनुसार संस्थाको कुल सम्पत्ति ३७ करोड २० लाख रूपैयाँ रहेको छ । यस्तै संस्थाको आर्थिक वर्ष २०७७/०७८ मा सेयर पुँजी दुई करोड २६ लाख रूपैयाँ, बचत (निक्षेप) २८ करोड ४७ लाख रूपैयाँ, कर्जा सापट १५ करोड ९५ लाख रूपैयाँ, लगानी १४ करोड ५५ लाख रूपैयाँ, सापटी ८० लाख रूपैयाँ र नाफा २८ लाख रूपैयाँ रहेको छ । साथै संस्थाले साधारणसभामा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको छ ।