काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै दुई अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १८ दशमलव तीन अंकले उकालो लागेर दुई हजार २९ दशमलव ४३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ७६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ११ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २३ हजार तीन सय ८३ पटकको कारोबारमा ३१ लाख ४२ हजार चार सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा किनबेच हुंदा कुल सेयर कारोबार रकमक एक अर्ब ३१ करोड २९ लाख ६२ हजार नौं सय ६० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल १३ वटा उपसमुहहरु मध्ये ११ वटा उपसमुको सुचक उकालो लागेका छन् भने दुई वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।