काठमाडौं । नेपालका लागि अमेरिकाले प्रस्ताव गरेको भावी राजदूत डिन थम्पसनलाई नेपाल सरकारले स्वीकार नगर्ने सम्भावना बढ्दै गएको छ ।
राजदूत नियुक्त नहुँदै नेपालको हितविपरीत अभिव्यक्ति दिएको भनेर सरकारले उनको नियुक्तिको एग्रिमो स्वीकार नगर्ने भएको हो ।
गत जुलाई १३ मा भएको अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा आफू नेपालको राजदूत नियुक्त भएमा त्यहाँको दलित, सीमान्तकृत तथा तिब्बती शरणार्थीका पक्षमा काम गर्ने उनले बताएका थिए ।
उनले नेपालले स्वीकार गरेको एक चीन नीतिमाथि असर पर्ने र नेपाली समाजलाई विभाजित बनाउने कुरा बोलेको भन्दै सरकारले अमेरिकी प्रस्ताव अस्वीकार गर्नलागेको बुझिएको छ ।