काठमाडौं । नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । कम्पनीले यो सेवा एन्ड्रोइडमा उपलब्ध रहेको र चाँडै आईओएसमा पनि लन्च हुने जनाएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू किन्न सक्नेछन् ।
नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुने कम्पनीको दाबी छ । कम्पनीले अफरसहित उडान टिकट सुविधा उपलब्ध गराएको हो । यसअनुसार पहिलो पाँच ग्राहकले वालेटमा तीन सय रुपैयाँ पैसा फिर्ता पाउनेछन् । त्यसपछि अन्य खरिदकर्ताले १५० रुपैयाँ पैसा फिर्ता पाउनेछन् । एक भाग्यशाली ग्राहकले पोखराको दुईतर्फी टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ ।